नियम ३३
सदस्य-सचिवको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त उपाध्यक्षको सामान्य निर्देशन र नियन्त्रणमा रही सदस्य-सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) आयोगको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने, (ख) समितिबाट निर्णय हुनु पर्ने विषयको प्रस्ताव तयार गरी समितिमा पेश गर्ने, (ग) आयोग तथा समितिबाट भएका निर्णयहरू कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने, (घ) आयोगको कर्मचारी व्यवस्थापन तथा अन्य व्यवस्थापकीय कार्य गर्ने वा गराउने, (ङ) आयोगको कार्य सञ्चालनमा आन्तरिक नियन्त्रण प्रणाली, सुशासन र जवाफदेहिता सम्बन्धी कार्यहरू गर्ने वा गराउने, (च) आयोगको आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने, (छ) आयोगको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने र बेरुजु फछ्यौंट तथा खर्च समर्थन सम्बन्धी कार्य गर्ने वा गराउने, (ज) छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको करार सेवा सम्बन्धी कार्य गर्ने, (झ) नेपाल सरकारबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, (ज) आयोग, समिति र उपाध्यक्षबाट प्रत्यायोजित अन्य काम गर्ने।